काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा चुनाव लड्ने भएका छन् । माओवादी केन्द्रको पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डलाई गोरखा– २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पदाधिकारीको बैठकले अध्यक्ष प्रचण्ड गोरखाबाट उम्मेदवार बन्ने निर्णय गरेको माओवादी उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
प्रचण्ड २०६४ सालको पहिलो संविधानसभा चुनावमा काठमाडौं– १० र रोल्पा २ बाट निर्वाचित भएका थिए । त्यस्तै ७० सालको दोस्रो संविधानसभा चुनावमा उनी सिरहा– ५ र काठमाडौं– १० बाट उम्मेदवार बनेका थिए । तर उनी काठमाडौं– १० मा भने पराजित भएका थिए ।
२०७४ को निर्वाचनमा उनी चितवन–३ बाट निर्वाचित भएका थिए । त्यतिबेला उनी वाम गठबन्धन (नेकपा एमाले र माओवादी केन्द्र)को गठबन्धनबाट उम्मेदवार बनेका थिए ।




















प्रतिक्रिया