काठमाडौं । सत्तारुढ गठबन्धनमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको भागबन्डा टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)समेतलाई समेटेर भागबन्डा मिलाएको हो ।
सहमति अनुसार जसपासहित कांग्रेसलाई ९८ सिट छुट्याइएको छ । जसमा जसपालाई सीट बाँडफाँटको जिम्मेवारी अन्य दलको सहमतिमा नेपाली कांग्रेसले गर्ने छ ।
यस्तै, नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । लोसपाले प्रतिनिधिसभाका १५ स्थानमा दाबी गरेको छ ।
कसलाई कुन क्षेत्र ? हेर्नुहोस् सूची




















प्रतिक्रिया