Logo

राजनीति

गोरखाबाट प्रचण्डले चुनाव लड्ने निर्णयको बाबुरामद्वारा स्वागत



काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले गोरखा–२ बाट चुनाव लड्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्णयको स्वागत गरेका छन् । उनले ट्वीटरमार्फत प्रचण्डको विजयको शुभकामना दिएका छन् । 

‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा–२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तरहृदयदेखि स्वागत गर्दछु । वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोटसमेत रहेको यस क्षेत्रबाट उहाँको उम्मेदवारी निकै सांकेतिक महत्वको छ’, भट्टराईले भने, ‘उहाँको शानदार विजयको हार्दिक शुभकामना !’

भट्टराईले चुनावी राजनीतिमा सहभागी नहुने यसअघि नै बताइसकेका छन् । भट्टराईले गोरखाको निर्वाचन क्षेत्र खाली गरेपछि प्रचण्ड चितवनबाट सरुवा हुने भएका हुन् । 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार ०८:१८   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।