काठमाडौं । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच शनिबार सिट बाँडफाँडको टुंगो लाग्दैछ ।
शुक्रबार दिउँसो एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको दुई पार्टीका नेताले सिट संख्या र स्थानसमेत टुंगो लगाएका थिए । त्यसलाई आधिकारिकता दिन शनिवार बिहान दुई दलका नेताबीच छलफल हुँदैछ ।
शनिबार बिहान १० बजेअघि नै सिट र स्थान सार्वजनिक गर्ने भनिए पनि बैठकको टुंगो नलागिसकेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाले विशेषगरी अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशमशेर राणा, दीपक बोहोरालगायतको क्षेत्रमा एमालेको समर्थन खोजेको छ ।




















प्रतिक्रिया