धनगढी । नेकपा एमालेका नेता डा. भीम रावलको टिकट खोसिएपछि उनको गृहजिल्लामा पार्टीभित्र खैलाबैला मच्चिएको छ ।
अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका नेता रावलको टिकट खोसिएपछि एमाले अछाममा खैलाबैला मच्चिएको हो ।
स्रोतका अनुसार अछाममा एमाले नेताहरुले विद्रोहको तयारी समेत गरेका छन् । एमाले क्षेत्र नम्बर १ समन्वय समिति, प्रदेश समन्वय समिति, पालिका कमिटी तथा जिल्ला कमिटी सदस्यहरुले (आज) शनिबार सामूहिक राजीनामा दिने तयारी गरेका हुन् । त्यसका लागि शनिबार दिउँसो रावलनिकट नेताहरुले अछाममा भेला गरिरहेका छन् ।
तर रावलले भने यसबारे आधिकारिक प्रतिक्रिया जनाएका छैनन् । ‘एकल सिफारिसमा परेका उम्मेदवार (भीम रावल कमरेडको) टिकट खोसेर अरुलाई दिनु षड्यन्त्रपूर्ण छ,’ एक एमाले नेताले भने, ‘पार्टी नेतृत्वले गलत कदम उठायो ।
क्षेत्र नम्बर १ का सम्पूर्ण कमिटी र जिल्ला कमिटी पदाधिकारीले जिम्मेवारीबाट सामूहिक राजीनामा दिँदैछौँ ।’




















प्रतिक्रिया