Logo

खेलकुद

एसियन कप फुटबल छनोटमा आज नेपाल र चाइनिज ताइपे खेल्दै



काठमाडौं । १७ वर्षमुनिको एसियन कप फुटबल छनोटमा नेपालले आज चाइनिज ताइपेसँग खेल्दैछ ।

खेल दिउँसो पौने चार बजे भियतनामको  भियत त्रि स्टेडियममा सुरु हुनेछ । नेपाल यसअघिका दुवै खेलमा पराजित हुँदै छनोटबाट बाहिरिसकेकाले आज सान्त्वना जितको खोजीमा रहेको छ । ताइपे पनि पहिलो जितको योजनामा रहेको छ । नेपाल र चाइनिज ताइपे अङ्कविहीन अवस्थामा छन् ।

नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ३–० गोल अन्तरले र दोस्रो खेलमा आयोजक भियतनामसँग ५–० गोल अन्तरले पराजित भएको थियो । समान ६ अङ्क भए पनि भियतनाम शीर्ष स्थानमा र थाइल्यान्ड दोस्रो स्थानमा रहेका छन् । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछ । 

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार १०:०४   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।