Logo

प्रमुख समाचार

झापा-३ मा कांग्रेस नेता सिटौला र राप्रपा अध्यक्ष लिङदेनद्वारा उम्मेदवारी दर्ता  



बिर्तामोड । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

सिटौलाले आफ्ना प्रतिनिधिमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेस क्षेत्रीय प्रतिनिधि सुरज खत्रीमार्फत सिटौलाले उम्मेदवारी दर्ता गराएका हुन् । खत्रीले भद्रपुर स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता नम्बर २ मा सिटौलाकाे उम्मेदवारी दर्ता गरेका हुन् । उक्त क्षेत्रबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि उम्मेदवारी दर्ता गराउँदै छन् । ०७४ काे चुनावमा लिङ्देनसँग सिटौला पराजित भएका थिए ।

सिटौलालाई सत्ता गठबन्धनकाे समर्थन छ भने लिङदेनलाई नेकपा एमालेकाे समर्थन छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार १२:३४   :  बजे

2.3K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।