Logo

प्रमुख समाचार

गंगा थारुद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता



दाङ । नेकपा एमालेकी केन्द्रीय सदस्य गंगा थारु सत्गाैवाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । उनले आज आइतवार दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् ।  

पार्टीले टिकट नदिएपछि सत्गाैवाले गएकाे शुक्रवार फेसबुकमा स्टाटस लेख्दै आफूले स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन् । उनले लेखेकी थिइन्, ‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताका लागि म सधैँ लागि रहने छु । जनता भगवान हुन्, जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ ।’ 

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार १४:१३   :  बजे

288
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।