Logo

प्रमुख समाचार

कमल थापाले एमालेबाट दिए उम्मेदवारी



मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा सदस्य पदका लागि एमालेबाट उम्मेदवारी दिएका छन् । उनले मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका हुन् । थापाको उम्मेदवारीको प्रस्तावकमा राजाराम बर्तौला र समर्थकमा गुरुप्रसाद सापकोटा छन् । एमालेसँग मकवानपुरमा राप्रपा नेपालले तालमेल गर्दा थापाले एमालेबाटै उम्मेदवारी दिएका हुन् ।

तालमेल अनुसार थापाले मकवानपुर–१ मा एमालेबाटै उम्मेदवारी दिनु परेको हो । जिल्लाका अन्य सिटमा भने राप्रपा नेपालले एमालेलाई सघाउने भएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार १४:२२   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।