Logo

प्रमुख समाचार

तनहुँ १ मा कांग्रेस नेता जोशीद्वारा मनोनयन दर्ता, रामचन्द्र पौडेललाई सकस पर्ने !



तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा निर्वाचनको लागि कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा रामदेव पन्थ र समर्थकमा कृष्णप्रसाद सोती छन् । २०७४ सालमा पनि उनले उम्मेदवारी दर्ता गराएका थिए । तर मचन्द्र पौडेलको उजुरीपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

उनको भ्रष्टाचार सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । जुन मुद्दालाई नै कारण देखाएर आयोगले २०७४ मा उनको मनोनयन दर्ता खारेज गरेको थियो ।

तनहुँ १ मा कांग्रेसका नेता रामचन्द्र पौडेल पार्टीका तर्फबाट उम्मेवार बन्दै छन् । यही क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले पनि उम्मेदवार बन्ने बताएका छन् ।

भट्टराईलाई कांग्रेसले समानुपातिकतर्फको खस आर्यबाट उम्मेदवार बनाएको थियो । तर समानुपातिकबाट नाम फिर्ता लिएका उनले तनहुँ १ मा प्रत्यक्ष लड्ने बताएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार १५:२६   :  बजे

1.4K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।