डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धा गर्न डडेलधुराबाट सागर ढकालले उम्मेदवारी दर्ता गराएका छन् । उनले ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौँ ?’ भन्दै पाँच वर्षअघि देउवालाई प्रश्न गरेका थिए ।
आफूले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएको उल्लेख गर्दै ढकालले देउवाविरुद्ध चुनाव जित्न दुई दिन निराहार व्रत बस्ने समेत बताएका छन् ।
‘आज विधिवत् रूपमा हामीले डडेलधुरामा उम्मेदवारी दर्ता गरेका छौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उग्रतारा, घटाल, परशुराम बाबा लगायतका देवी देवतालाई साक्षी राख्दै डडेलधुरा र देश बासिलाई नयाँ आशा विश्वास र विकासको लागि दुई दिनको निराहार व्रत पनि बस्ने निर्णय गरेको छु । जुन वैज्ञानिक हिसाबले पनि उपयुक्त हो ।’
पाँच वर्षअघि बिबिसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर चर्चामा आएका गुल्मीका सागर ढकालले डडेलधुराबाट चुनाव लड्न लागेका हुन् ।




















प्रतिक्रिया