नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले पूर्वी नवलपरासी वडा नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराए ।
आज आइतबार निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा पुगेर काेइरालाले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि पत्रकारसँग कुरा गर्दै उनले चुनावपछि आफू प्रधानमन्त्री बन्ने दाबी गरे । पार्टीभित्र आफूले अबको प्रधानमन्त्रीको उम्मेदवार आफू हुने कुरा गरिसकेको भन्दै उनले चुनाव जितेपछि प्रधानमन्त्री बन्ने बताए ।
कोइराला यसअघि तीन पटक निर्वाचित भइसकेको क्षेत्रबाट चौथो पटक चुनावी मैदानमा छन् ।




















प्रतिक्रिया