Logo

प्रमुख समाचार

शशांकको दाबी : कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार म हुँ



नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले पूर्वी नवलपरासी वडा नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराए । 

आज आइतबार निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा पुगेर काेइरालाले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि पत्रकारसँग कुरा गर्दै उनले चुनावपछि आफू प्रधानमन्त्री बन्ने दाबी गरे । पार्टीभित्र आफूले अबको प्रधानमन्त्रीको उम्मेदवार आफू हुने कुरा गरिसकेको भन्दै उनले चुनाव जितेपछि प्रधानमन्त्री बन्ने बताए । 

कोइराला यसअघि तीन पटक निर्वाचित भइसकेको क्षेत्रबाट चौथो पटक चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार १६:५२   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।