Logo

प्रमुख समाचार

काठमाडौं–२ मा पूर्वसभामुख घर्तीद्वारा मनोनयन दर्ता



काठमाडौं । पूर्वसभामुख ओनसरी घर्तीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी छन् । सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी नेतृ घर्तीले आइतबार मनोनयन दर्ता गराएकी हुन् ।

घर्ती २०६४ को संविधानसभामा समानुपातिक सांसद थिइन् । २०७० को संविधानसभामा भने रोल्पा २ बाट निर्वाचित भएकी थिइन् । दोस्रो संविधानसभाले संविधान जारी गरेपछि उनी सभामुख निर्वाचित भएकी थिइन् ।

२०७० देखि २०७२ सम्म संविधानसभा उपाध्यक्ष रहेकी उनी २०७२ देखि २०७४ सम्म सभामुख पदमा थिइन् । उनी नेपालको पहिलो महिला सभामुख हुन् । काठमाडौं २ मा एमालेले मणिराम फुयाँललाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार २०:२४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।