Logo

प्रमुख समाचार

निर्वाचनमा म्यादीसहित तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने सुरक्षा रणनीति



काठमाडौं । आगामी संसदीय निर्वाचनका लागि प्रक्रिया सुरु भएसँगै सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । गृह मन्त्रालयको निर्वाचन लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग संयुक्त रूपमा परिचालन भएका छन् । 

मन्त्रालयका अनुसार आगाी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उमेदवारी दर्ता भएसँगै चारवटै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित भएका हुन् । 

निर्वाचन सुरक्षा रणनीतिअनुसार एक लाख १५ हजार म्यादी प्रहरीसहित करिब तीन लाख सुरक्षाकर्मी परिचालन हुनेछन् । आइतबार उमेदवारी दर्ता भएसँगै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयसहितको सुरक्षाका लागि देशभर सशस्त्र प्रहरी बल परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत परिपत्र गरी सुरक्षा संयन्त्र प्रभाजकारी बनाउनका लागि निर्देशन दिएको छ । सुरक्षासँगै विभिन्न दलको प्रचार कार्यक्रम नजुध्ने गरी स्थान व्यवस्था गर्न पनि प्रमुख जिल्ला अधिकारीले निर्देशन पाएका छन् । 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार १०:१८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।