काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आफूले नेपाली कांग्रेस संसदीय दलको समन्वयस समिति (अर्थ मन्त्रालय)को संयोजकबाट राजीनामा दिएका कारण आफूलाई सभापति शेरबहादुर देउवाले टिकट नदिएको खुलासा गरेका छन् ।
समितिबाट आफूले राजीनामा दिएको र स्वीकृत नभएको दुई पत्र सामाजिक संजालमा सार्वजनिक गर्दै उनले यस्तो खुलाएका हुन् ।
नेता रिजालले फेसबुकमा लेखेका छन्, “हाम्रो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मलाई प्रतिनिधिसभाको निर्वाचनमा किन उमेदवार बनाउनु भएन भनेर खोजी गर्दा उहाँ र मेराबीच २०७७ जेष्ठ र आश्विनका यी दुई पत्र फेला पारे, पोस्ट गरेको छु ।”






















प्रतिक्रिया