Logo

प्रमुख समाचार

एउटै पदमा दाजुभाईको भीडन्त



धरान । मंसिर ४ गते हुने प्रदेश सभा सदस्य पदमा सुनसरी क्षेत्र नम्बर-१ (ख) मा दाजुभाईबीच चुनाबी प्रतिस्पर्धा हुने भएको छ । यस क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एस पार्टीका धरान अध्यक्ष रेवतरमण राई र एमाले-जसपा गठबन्धनबाट एमालेका प्रदेश सचिवालय सदस्य विजय राई चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 

चुनाव अगाडि एक अर्कालाइ सहयोग गर्ने आश्वासन दिँदै आएका यी दाजुभाइलाई पार्टीले टिकट दिएपछि मतदाताको घरदैलोमा भोट माग्न ब्यस्त छन् । नेकपा एसका रेवात र एमालेका विजय आफ्नै काका बढाउका छोराहरु हुन् । रेवत माइलो भाईको छोरा हुन् भने विजय कान्छो भाइका छोरा हुन् । 

पार्टीले टिकट दिएपछि दाजुभाइभन्दा पनि पार्टी र सिद्धान्तलाई माथि राखेर आफू चुनावी मैदानमा उत्रिएको नेकपा एसका रेवतले बताए । भाइ विजयको भन्दा सत्ता गठबन्धनको आफूलाई समर्थन रहेका कारण आफ्नो जित सुनिश्चित भएको उनको दाबी छ ।

यता विजयले पनि दाजुभाई भन्दा पनि पार्टी नै माथि भएको बताएका छन् । उनले पनि आफूलाई जसपाको समर्थन रहेकाले दाई रेवतलाई पराजित गर्न सहज हुने दाबी गरेका छन् । अन्नपूर्ण पाेष्टबाट

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार ०९:५२   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।