Logo

राजनीति

सत्ता गठबन्धन छाडेको जसपाका चार मन्त्रीलाई राजीनामा दिन निर्देशन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबनधन छाडेर नेकपा एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका छन् । नयाँ मन्त्रीमण्डल विस्तार गर्न मिल्ने वा नमिल्नेबारे निर्वाचन आयोगसँग छलफल गरेका देउवाले नयाँ बनाउन नमिल्ने तर हटाउन भने मिल्ने जवाफ पाएपछि उनीहरुलाई राजीनामा दिन अनौपचारिक सूचना पठाएका हुन् ।

सत्ता गठबन्धनको सरकारमा रहने तर तालमेल प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग गरेपछि सरकारबाट उनीहरुलाई हटाउन लागिएको हो । सोमबार प्रधानमन्त्रीले मन्त्री हटाउने र नयाँ मन्त्री नियुक्ति गर्न संविधान र कानुनले बाधा गर्छ कि गर्दैन भनेर केही कानुन व्यवसायीसँग पनि छलफल गरेका थिए । कानुनविदहरुको सुझावपछि प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका थिए ।

एमालेसँग तालमेल भएपछि सोही दिन चार मन्त्रीले राजीनामा दिने अपेक्षा सरकारले गरेको थियो । मंगलबारसम्म कुरेको भन्दै अब पनि उनीहरुले राजीनामा नदिए बर्खास्त गर्ने तयारी भएको बताइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार १२:०६   :  बजे

297
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।