काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुको नामावली प्रकाशन गरेको छ । आयोगले प्रतिनिधिसभा तर्फका २ हजार ५३१ उम्मेदवारको नामावली प्रकाशन गरेको हो ।
सोमबार उम्मेदवारविरुद्ध परेको उजुरीमाथि छानबिन गरेर आयोगले नामावली सार्वजनिक गरेको हो । आयोगले बुधबार बिहान १० देखि १ बजेसम्म नाम फिर्ता लिन चाहने उम्मेदवारहरुलाई समय दिएको छ ।
बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ । यस्तै ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने पनि आयोगले जनाएको छ ।
हेर्नुहाेस् उम्मेदवारहरुकाे सूची




















प्रतिक्रिया