Logo

राजनीति

सिन्धुली-१ मा कांग्रेसका बागीले लिए उम्मेदवारी फिर्ता



सिन्धुली । सिन्धुली-१ मा कांग्रेसबाट बागी उम्मेदवारी दिएका रामप्रसाद अधिकारीले नाम फिर्ता लिएका छन् । सिन्धुली-१ मा गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरे उम्मेदवार बनेका छन् ।

कांग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवारको आकांक्षी रहेका उनले टिकट पाएका थिएनन् । गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने गरी उनले नाम फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले नाम फिर्ताका लागि दिएको समयमा अधिकारीले नाम फिर्ता गरेका हुन् ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार १४:२६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।