Logo

प्रमुख समाचार

प्रतिनिधिसभामा ११४ र प्रदेशसभामा ४८३ गरी झन्डै ६०० जनाको उम्मेदवारी फिर्ता



काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये करिब ६ सय उम्मेदवारहरुले फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा ११४ सहित प्रदेशसभामा ४८३ जनाले मनोनयनपत्र फिर्ता लिएका छन् ।

यो उम्मेदवारी रद्द भएकाहरुको संख्या समेत हो । निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभामा कुल २ हजार ५२६ जनाको उम्मेदवारी दर्ता भएकोमा अहिले घटेर २ हजार ४१२ पुगेको छ । प्रदेशसभामा ३ हजार ४७६ जनाको उम्मेदवारी परेकोमा अहिले घटेर २ हजार ९९३ भएको छ ।

आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । निर्वाचनको कार्यतालिका अनुसार बुधबार दिउँसोसम्म फिर्ता लिन चाहनेलाई समय दिएर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको हो ।

नामावली हेर्नुहाेस्

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार २०:४६   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।