Logo

मनोरञ्जन

‘पुष्पा’मार्फत अल्लु अर्जुनलाई अवार्ड नै अवार्ड, ‘इन्डियन अफ द इयर’ को पनि उपाधि



एजेन्सी । अभिनेता अल्लु अर्जुन आफ्नो ब्लकबस्टर ‘पुष्पा: द राइज’ को सफलतासँग लगातार आफ्नो आकर्षण पनि चारैतिर फैलाउँदै छन् । 

उनी भारतबाट न्यूयोर्कमा वार्षिक इन्डियन डे परेडमा ग्रान्ड मार्शलको रूपमा राष्ट्रको प्रतिनिधित्व गर्ने एकमात्र अभिनेता समेत बन्न भ्याए  । उनलाई ‘इन्डियन अफ द इयर’  को समेत उपाधि दिइयो ।

यस चलचित्रपछि साँच्चै अल्लु अर्जुनले धेरै सफलताहरू एकपछि अर्को गरी चुमिरहेका छन् । 

‘इन्डियन अफ द इयर’  बाट सम्मानित हुनुका साथै उनले अन्य पुष्पा: द राइजका लागि सर्वश्रेष्ठ अभिनेता (तेलुगु) पुरस्कार र सर्वश्रेष्ठ अभिनेताको लागि दक्षिणी फिल्मफेयर पुरस्कार समेत पाएका छन् । 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार ०९:०७   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।