Logo

प्रमुख समाचार

जसपाका मन्त्रीहरुले राजीनामा नगरे बर्खास्त गर्ने देउवाकाे तयारी



काठमाडौं । सत्ता गठबन्धनबाट बाहिरिएको  जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुले राजीनामा नदिएमा वर्खास्त गर्ने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् । कांग्रेसकाा एक मन्त्रीका अनुसार बिहीबारसम्म मात्रै राजीनामाका लागि पर्खिइनेछ ।

उनले भने,  ‘उहाँहरुले राजीनामा नगरेर हटाउने तयारी भइसकेको छ ।’ यस विषयमा सत्ता गठबन्धनमा यसअघि नै छलफल भइसकेकको छ । 

जसपा सत्ता गठबन्धनबाट बाहिरिएको प्रमुख प्रतिपक्ष दल एमालेसँग मिलेको छ । आगामी चुनावका लागि प्रतिपक्ष दलसँग मिलेको जसपाका मन्त्रीहरु भने कायम छन् । 

जसपाका तर्फबाट भौतिकमन्त्री मोहम्मद इस्तियाकक राई, संघीय मामिला तथा सामान्य् प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, बन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्र कुमार सिंह सरकारमा छन् । 

चार मन्त्री हटाएपनि नयाँ मन्त्री भने प्रधानमन्त्री देउवाले नियुक्त गर्न पाउने छैनन् । 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार १६:३७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।