काठमाडौं । सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुले राजीनामा नदिएमा वर्खास्त गर्ने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् । कांग्रेसकाा एक मन्त्रीका अनुसार बिहीबारसम्म मात्रै राजीनामाका लागि पर्खिइनेछ ।
उनले भने, ‘उहाँहरुले राजीनामा नगरेर हटाउने तयारी भइसकेको छ ।’ यस विषयमा सत्ता गठबन्धनमा यसअघि नै छलफल भइसकेकको छ ।
जसपा सत्ता गठबन्धनबाट बाहिरिएको प्रमुख प्रतिपक्ष दल एमालेसँग मिलेको छ । आगामी चुनावका लागि प्रतिपक्ष दलसँग मिलेको जसपाका मन्त्रीहरु भने कायम छन् ।
जसपाका तर्फबाट भौतिकमन्त्री मोहम्मद इस्तियाकक राई, संघीय मामिला तथा सामान्य् प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, बन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्र कुमार सिंह सरकारमा छन् ।
चार मन्त्री हटाएपनि नयाँ मन्त्री भने प्रधानमन्त्री देउवाले नियुक्त गर्न पाउने छैनन् ।




















प्रतिक्रिया