काठमाडौं । रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका राजु गुरुङ सर्वोच्च अदालत पुगेका छन् । सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार गुरुङको उम्मेदवारी उनको चेक बाउन्सको मुद्दामा पछ्र्यौट नभएको भन्दै रद्द गरिएको थियो ।
निर्वाचन अधिकृतको कार्यालयविरुद्ध उनी सर्वोच्चमा पुगेका हुन् । उनले आफ्नो लागि गोविन्द बन्दी, शम्भु थापा, रमण श्रेष्ठलगायतका वकिल राखेका छन् ।
रुपन्देहीमा उनको उम्मेदवारी खारेजीपछि नेकपा एमालेका विष्णु पौडेललाई उक्त क्षेत्रमा निर्वाचन लड्न सहज हुने अनुमान गरिएको थियो ।




















प्रतिक्रिया