Logo

राजनीति

समानुपातिक उम्मेदवारविरुद्ध १९ वटा उजुरी, जाँचबुझ गर्दै आयोग



काठमाडौं । समानुपातिकतर्फको बन्द सूचीमा रहेका उम्मेदवारहरुविरुद्ध १९ वटा उजुरी परेको निर्वाचन आयोगले जनाएको छ । राजनीतिक दलहरुले असोज २ र ३ गते आयोगमा समानुपातिक तर्फको बन्द सूची बुझाएका थिए । उक्त बन्दसूचीमा हेरफेर गर्न आयोगले दलहरुलाई असोज १६ गतेसम्मको समय दिएको थियो ।

दलहरुका तर्फबाट नाम हेरफेर गर्न दिने लगायतका कार्य सकाएपछि आयोगले दाबी विरोध र उजुरीका लागि खुला गरेको थियो । दलहरुका तर्फबाट पेश भएको र संशोधन भइ दलहरुका तर्फबाट फाइनल भएको उम्मेदवारहरु उपर आयोगले दाबी, विरोध र उजुरी लिएको हो ।

प्राप्त उजुरीमाथि छानविन भइरहेको आयोगले जनाएको छ । प्राप्त उजुरीहरुको जाँचबुझ गरेर कार्तिक ९ गते समानुपातिकतर्फको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार २१:४२   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।