Logo

स्वास्थ्य

पोखरामा उपचाररत संक्रमित महिलाको मृत्यु



पोखरामा उपचाररत स्याङ्जाकी एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जा भीरकोट- २ की ५२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

२६ असोजमा अस्पताल भर्ना भएकी उनमा कोभिडसँगै थाइराइड र उच्च रक्तचापको समस्या रहेको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए।

उनको आईसीयूमा उपचार भइरहेको डा. आचार्यले बताए । प्रतिष्ठानमा मृत्यु हुनेको संख्या यो तेह्रौं हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार  १२ : ११ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।