Logo

प्रमुख समाचार

बाबुराम भट्टराईलाई राष्ट्रपतिको ललिपप देखाएर प्रचण्ड गोरखा २ पुगेको खुलासा



चितवन ३ बाट चुनावी प्रतिपष्पर्धा गर्ने अन्तिम तयारी गरेर पनि गोरखा २ मा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) अन्तिममा यो निर्णयमा किन पुगे भन्ने बारेमा विभिन्न कोणबाट चर्चा परिचर्चा चलिरहेको छ ।

यस अघि उक्त क्षेत्रबाट निर्वाचन जित्दै आएका डा. बाबुराम भट्टराईले प्रचण्डलाई गोरखामा हार्दिकतापूर्वक स्वागत गरेका छन् । आफूले जित्दै आएको क्षेत्र प्रचण्डलाई छोड्नु पर्दा बावुराममा कुनै संकोच र लघुताभाष देखिएको छैन बरु उनी हाँसीखुशी प्रचण्डको प्रचारमा हिँडेका छन् ।

अघिल्लो पटकको निर्वाचनमा नेपाली कांग्रेसको समर्थनमा चुनाव जितेका भट्टराई यस पटक प्रचण्डका लागि क्षेत्र छोड्न राजी भए । प्रचण्डलाई गोरखा छोडे वापत उनले छोरी मानुषीलाई काठमाडौँ क्षेत्र नम्बर ७ मा उमेदवार बनाएका छन् । सत्तागठबन्धनको उमेदवार बनेकी मानुषीको एक सिटका लागि मात्रै भट्टराई गोरखा छोड्न राजी भएका हुन् त ? यसको पनि खोजी सुरु भएको छ ।

प्रचण्डलाई संसारकै सबैभन्दा भ्रष्ट नेता भन्ने भट्टराई अहिले प्रचण्ड प्रति किन यसरी भक्तिभाव देखाइरहेका छन् भनेर देख्नेहरुनै अच्चिम बनेका छन् । उनले प्रचण्डलाई अरबौं भ्रष्टाचारको ट्याग सार्वजनिक रुपमा लगाएका छन् ।

आफैंले भ्रष्टाचारी करार गरेको व्यक्तिका लागि भट्टराईले देखाएको उदारताको कारण खोजि भइरहेको छ । छोरीको एक सिटका लागि मात्रै नभएर प्रचण्ड र भट्टराईका बीचमा ठूलै खालको भद्र सहमति भित्री रुपमा भएको चर्चा पनि राजनीतिक वृतमा चलेको छ ।

सुरुमा भट्टराई आफैं गोरखा २ बाट निर्वाचन लड्न चाहन्थे तर प्रचण्डले आफूले कुनै पनि क्षेत्रबाट निर्वाचन जित्ने नसक्ने र गोरखाबाट केहि सहज भएको भने पछि भट्टराईलाई गारेखा छोड्नु पर्ने अवस्था आएको बताइन्छ । गोरखा आफूलाई छोडेर सहयोग गरेमा भट्टराईलाई राष्ट्रपति बनाउने वचन प्रचण्डले दिएको बताइएको छ ।

चुनावपछि गठबन्धनबीच पावर सेयरिङमा राष्ट्रपति माओवादी केन्द्रको भागमा आउने र त्यसो गर्दा तपाइलाई राष्ट्रपति बनाउछु भन्ने बाचा प्रचण्डले गरेको बताइन्छ । प्रचण्ड र भट्टराईकाबीचमा यो कुराको भद्र सहमति भएको स्रोतको दाबी छ । प्रचण्डले राष्ट्रपति बनाउने विश्वस्त बनाएपछि भट्टराई चुनावी दौडबाटै बाहिर रहेका छन् ।

पूर्व जर्नेल प्रेम सिंह बस्नेतले पनि यो कुराको खुलासा गरेका छन् । भट्टराईलाई राष्ट्रपति बनाउने भनेर प्रचण्ड गोरखा २ पुगेको सूचना आफूसँग भएको दाबी उनले गरेका छन् । बस्नेतले प्रचण्डलाई गोरखामा चुनाव हराउनै पर्ने बताए ।

गोरखा २ बाट माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले प्रतिनिधीसभामा प्रतिष्पर्धा गर्ने तयारी गरेका थिए तर उनलाई टिकट नदिइ प्रचण्ड आफैं गोरखा पुगेका छन् । न्यौपानेले आफूसँग एक वचन सल्लाह समेत नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गोरखामा युवा नेता अब्दुस मियालाई उमेदवार बनाएको छ । मियाले प्रचण्डलाई भगौडा भन्दै यस पटक गोरखामा जसरी पनि हराएर राजनीतिक अस्थिरताको पात्रलाई बिदा गरिने बताएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार १६:२०   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।