Logo

मनोरञ्जन

‘दुई नम्बरी’को एक साताको कमाई साढे चार करोड



काठमाडौं । अघिल्लो शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘दुई नम्बरी’ले बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । चलचित्रले प्रदर्शनको पहिलो साता बक्स अफिसमा ४ करोड ५० लाख ग्रस कलेक्शन गरेको प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए । केही स्थानको रिपोर्ट बक्स अफिसमा नआउने हुनाले कलेक्सनमा अझ केही बढ्ने उनले बताए । 

चलचित्रले दोस्रो साता पनि उत्साहजनक व्यापार गरिरहेको छ । प्रस्तुतकर्ता नेपालीका अनुसार दोस्रो साताको शुक्रवार र शनिवार दर्शकको उपस्थिति अघिल्लो साताको भन्दा बढी छ ।

चलचित्र मुनाफामा गइसकेको छ । राम्रो नाफा कमाउने देखिएपछि निर्माण टिमले  प्राविधिकलाई बोनस दिनेसमेत घोषणा गरिसकेको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार ‘दुई नम्बरी’मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्दि तामाङलगायतको मुख्य भूमिका छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार १६:५७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।