Logo

स्वास्थ्य

नेकपा सांसद शिवा पहाडीको निधन



संघीय सांसद सानु शिवा पहाडीको निधन भएको छ । पहाडीको बुधबार बिहान निधन भएको हो । 

संस्कृतिकर्मी समेत रहेकी शिवा सत्तारुढ दल नेकपाको तर्फबाट समानुपातिकतर्फको संघीय सांसद हुन् । शिवाको केही वर्षअघि मिर्गौला फेरिएको थियो । हाल उनमा मुटुको समस्या आएपछि काठमाडौँको केएमसी अस्पतालमा उपचार भइरहेको थियो ।

प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार  १२ : २३ बजे