काठमाडौं । गायक एवम् सञ्चारकर्मी सुरेन भण्डारीको ‘ओ पियारा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमका बीच सो गतिको म्युजिक भिडियो यूटुबमा सार्वजनिक गरिएको हो ।
आ पियारामा गायक भण्डारीलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छन् । गीतमा शब्द/संगीत भण्डारीकै रहेको छ ।
म्युजिक भिडियोमा भद्रजंग कुँवर तथा सोनिया शाहीको अभिनय रहेको छ । निर्देशन गौरव गिरीले गरेका छन् । गीतले परदेश जानुका पीडालाई चित्रण गरेको छ भने स्वदेशमा नै केही गर्नका लागि सन्देश दिएको छ ।
लामो समयदेखि संचारकर्मसँगै गीत÷संगीत क्षेत्रमा आवद्ध रहेका भण्डारी डडेल्धुरा निवासी हुन् । उनको यसअघि नै ओेई सुवा, झूम्केली बौजु लगायतका गीत सार्वजनिक भइसकेका छन् । ओ पियाराको छायांकन सुदुरपश्चिममा नै गरिएको हो ।





















प्रतिक्रिया