काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आफूहरुको ध्यान चुनावपछि बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्नेमा भन्दा बढी कसरी कांग्रेस र गठबन्धन बढी भन्दा बढी सिटमा जित्न सकिन्छ भन्नेमा केन्द्रित रहेको बताएका छन् । कांग्रेसभित्र निर्वाचनपछि बन्ने सरकारको नेतृत्व कसले गर्ने बहस चलिरहँदा प्रवक्ता महतले यस्तो बताएका हुन् ।
‘अहिले पहिला निर्वाचन जितेर आऔं। त्यसपछि यसबारेमा छलफल र सल्लाह गरौंला’, प्रवक्ता महतले भने । कांग्रेसका महामन्त्री गगन थापा र पूर्वमहामन्त्री शशांक कोइरालाले आफ्नो निर्वाचन प्रचार प्रसारको काममा आफूहरु अगामी प्रधानमन्त्रीको दाबेदार भएको बताउने गरेका छन् ।




















प्रतिक्रिया