काठमाडौं । अध्यक्ष कमल थापासँग असन्तुष्ट राप्रपा नेपालका पाँच पदाधिकारी खुमलटार पुगेर नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । अध्यक्ष थापाले एमालेको चिह्न लिएर मकवानपुर १ बाट चुनाव लड्न लागेपछि असन्तुष्ट उपाध्यक्ष श्याम तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, सहमहामन्त्री दमन बस्नेत, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्यले प्रचण्डलाई भेटेका हुन् ।
भेटमा अहभागी एक नेताका अनुसार भेटमा राप्रपा नेपालका नेताहरुले प्रचण्डलाई आगामी चुनावमा जितका लागि शुभकामना दिएका थिए । यस्तै उनीहरुले प्रचण्ड, माओवादी र सत्ता गठबन्धनको पक्षमा सकारात्मक प्रतिक्रिया दिएका बताइएको छ ।
प्रचण्डले राप्रपाका नेताहरुसँगको भेटमा गोरखाको गरिमा उचो राख्नका लागि आफू त्यहाँबाट चुनाव लड्न लागेको जानकारी दिएका थिए । राप्रपा नेपालसँग केही एजेण्डाहरु नमिले पनि राष्ट्रमा विकास हुनुपर्छ भन्नेमा दुबै पार्टीको भावना मिल्ने बताएका थिए ।
अध्यक्ष थपासँग असन्तुष्ट उनीहरु माओवादी केन्द्र प्रवेशको तरखरमा रहेको बुझिएको छ ।




















प्रतिक्रिया