हुण्डी कारोबारमा मुछिएका सीटी एक्स्प्रेस मनी ट्रान्सफरका प्रमुख चन्द्र टण्डन फेरि कोरिया पुगेका छन् । पछिल्लो समय कोरियामा अत्याधिक बस्ने गरेका टण्डनले त्यहाँबाट नेपालमा हुण्डी कारोबार संचालन गर्दै आएका छन् ।
नेपालमा सबैभन्दा बढी हुण्डी भित्रिने मुलुक पनि कोरिया हो । त्यसो त सरकारले यस अघि नै बैंकिङ शिक्षा नभएका व्यक्तिहरुले कोरिया जान नपाउने व्यबस्था गरेको थियो । कोरियाबाट हुण्डीमार्फत बर्षेनी अर्बौ रकम नेपाल भित्रिने गरेको छ । रकम पठाउने अवैधानिक र गैरकानूनी माध्यमबाट नेपालमा पैसा पठाउनेको संख्या बढ्दै गएपछि सरकारले हुण्डी कारोबारमा रोक लगाउन कडा नियम ल्याएको थियो ।
सरकारले हुण्डी कारोबारलाई निरुत्साहित पार्न बैंकिङ च्यानलमार्फत पैसा नपठाए पुनः श्रमस्वीकृत जारी नगर्ने निर्णय गरेको भएपनि यसको हाल कार्यान्वयन हुन सकेको छैन ।
हुण्डी पठाउन कोरियामा सीटी एक्स्प्रेस मनी ट्रान्सफरको संजाल पछिल्लो समय कोरियाबाट अत्याधिक मात्रामा हुण्डीमार्फत रकम भित्रिने गरेको छ । सन् २००८ देखि ईपीएस सिस्टम लागू भएयता हालसम्म करिव एकलाख ५० हजार नेपाली कोरिया पुगेका छन् । कोरियामा कार्यरत नेपालीहरुमध्ये अधिकांशले नेपाल पैसा पठाउनका लागि अवैधानिक बाटो अर्थात हुण्डीको प्रयोग गर्ने गरेका छन् ।
नेपालमा आउउने रेमिट्यान्स मध्ये भारत र कोरियाबाट धेरै रकम अनौपचारिक माध्यमबाट आउँछ । अनौपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्स हुन्डी हो । हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध तरिका हो । तथापी हुण्डी कारोबार बैधानीक निकायबाट समेत खुलेयाम भइरहेको छ । यही कारोबारमा मुछिएको छ सीटी एक्स्प्रेस मनी ट्रान्सफर ।
उसले त्यहाँ धेरै एजेन्ट राखेर हुण्डी कारोबार गर्दै आएको छ । हुण्डी कारोबारकै कारण उक्त कम्पनीले डलर अपचलन गरिरहेको छ । उक्त कम्पनीले नेपाल राष्ट बैंकबाट रेमिट्यान्स कम्पनीको इजाजतपत्र लिए पनि कारोबार हुण्डीबाटै गर्दै आएको छ । कोरियामा सबैभन्दा धेरै हुण्डी कारोबार हुने गर्दछ ।
हुण्डी कारोबार निर्मूल भए सरकारलाई धेरै फाइदा पुग्छ । हुन्डी रेमिट्यान्स नै भएपनि यो अनौपचारिक माध्यमबाट आउने भएकाले रेमिट्यान्समा गनिँदैन । यसको मतलब हुन्डीले रकम आउने क्रमलाई घटाउँदैन । सरकारी तथ्यांकमा मात्रै नदेखिने हो । हुण्डीबाट आएको रकम सरकारी कोषमा विदेशी मुद्राको रुपमा गणनाा हुँदैन । घर परिवारले पाएको रकम बढि देखिन्छ तर औपचारिक च्यानलबाट आएको रकम भने कम देखिन्छ ।
अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति घटाउँछ । यसले अनधिकृत व्यापार व्यवसायसँगै राजश्व समेत घटाउँछ । हुन्डीको प्रयोगलाई निरुत्साहित गर्न सके, मुलुकको विदेशी मुद्रा सञ्चिति, राजश्व लगायतमा सकारात्मक प्रभाव पर्नेछ ।
अवैधानिक हुण्डी कारोबार
रेमिट्यान्स औपचारिक र अनौपचारिक माध्यमबाट आउँछन् । अनौपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्स हुन्डी हो । हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध तरिका हो । दुवै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार हुने गरेको छ । विदेशबाट पैसा पठाउँदा बैंकिङ च्यानलबाट पठायो भने त्यो रेमिट्यान्समा गनिन्छ भने बैंकिङ च्यानलबाट नभई अन्य दलालहरुमार्फत सिधै पैसा पठाउनुलाई हुन्डी कारोबार भनिन्छ ।
बर्षैदेखि सीटी एक्स्प्रेस मनी ट्रान्सफरले यही काम गर्दै आएको छ । कार्यथलोमै लिन आउने र घरमै पुर्याईदिने भएकाले मानिसहरु हुन्डीमा आकर्षित हुने गरेका छन् । हुन्डीबाट पैसा पठाउँदा बैंकिङ प्रणालीबाट पठाउँदाभन्दा कम समय लाग्ने, पैसाको स्रोत खुलाउने तथा अन्य प्रक्रियागत झन्झट पनि नहुने भन्दै हुन्डीको माध्यम प्रयोग गरेर थुप्रै नेपालीले विदेशबाट पैसा पठाउने गर्दछन् ।
हुन्डीबाट गरिएको कारोबार अवैधानिक हो । त्यसैले यो दण्डनीय छ । नेपालमा हुन्डी कारोबारको अनुसन्धान गर्ने प्रमुख निकाय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हो । हुन्डी कारोबार गरेको थाहा पाएमा विभागले कारबाहीका प्रक्रिया अघि बढाउँछ । यसबाहेक, हुन्डीमार्फत गरिने कारोबारमा जोखिम बढी हुन्छ ।
(डुण्डी कारोबारीलाई कानूनी रुपमा केके सजाय हुन्छ ? अर्को रिपोर्टमा प्रस्तुत गर्ने छौं ।)
याे पनी
सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्पत्ति सुद्धिकरणको घेराबन्दीमा [भाग-३]
सिटी एक्सप्रेस मनि ट्रान्सफरद्धारा १० करोड रुपैयाँ बराबरको कर छली [भाग- २]
रेमिट्यान्स लाइसेन्स प्राप्त सिटी एक्स्प्रेस मनि ट्रान्सफरबाट हुण्डी कारोबारको धन्दा !




















प्रतिक्रिया