Logo

अन्तर्राष्ट्रिय

भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा खड्गे निर्वाचित



काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसको नयाँ अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् । खड्केको प्रतिस्पर्धा अर्का नेता शशी थरुरसँग भएको थियो ।

मुलुकभरिबाट ९ हजार ५०० प्रतिनिधिहरूले अध्यक्षका लागि १७ अक्टोबरमा मतदान गरेका थिए । मतगणनाको अन्तिम नतिजा बुधबार आएको हो । अध्यक्ष निर्वाचित खड्केले करिब ८ हजार मत पाएका छन् ।

राष्ट्रिय कांग्रेस स्थापना भएको १३७ वर्षे इतिहासमा अधिकांश समय गान्धी परिवारबाट यो पार्टीको नेतृत्व भएको थियो ।

अध्यक्षमा पराजित भएपछि अध्यक्षका प्रत्याक्षी थरुरले खड्केलाई बधाई दिएका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् एक विज्ञप्ति जारी गर्दै बधाई दिएका हुन् ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार १६:०९   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।