काठमाडौं । बेलन डे’अर विजेता करिम बेन्जेमाको गोलमा रियल म्याड्रिडले स्पेनी ला लिगामा बुधबार एल्चेलाई ३–० ले हराएको छ । जितसहित उसले शीर्ष स्थानमा ६ अंकको अग्रतासमेत बनाएको छ ।
डिफेन्डिङ च्याम्पियन रियलका लागि फेडरिक भाल्भेरडे र मार्को एसेन्सोले पनि १/१ गोल गरे ।
यो जितपछि रियलको २८ अंक भएको छ भने बार्सिलोना २२ अंकमा दोस्रो स्थानमा छ । अर्को खेलमा रियल सोडिडाडले मार्लोकालाई १–० ले हरायो र तेस्रो स्थानमा उक्लिन सफल रह्यो ।
सोसिडाडको पनि २२ अंक भएको छ । अन्य खेलमा रियल भालाडोलिडले सेल्टा भिगोमाथि ४–१ को जित दर्ता गर्यो । यस्तै काडिज र रियल बेटिसले गोलरहित बराबरी खेले ।




















प्रतिक्रिया