Logo

खेलकुद

शीर्ष स्थानमा रियललाई ६ अंकको अग्रता



काठमाडौं । बेलन डे’अर विजेता करिम बेन्जेमाको गोलमा रियल म्याड्रिडले स्पेनी ला लिगामा बुधबार एल्चेलाई ३–० ले हराएको छ । जितसहित उसले शीर्ष स्थानमा ६ अंकको अग्रतासमेत बनाएको छ ।

डिफेन्डिङ च्याम्पियन रियलका लागि फेडरिक भाल्भेरडे र मार्को एसेन्सोले पनि १/१ गोल गरे ।

यो जितपछि रियलको २८ अंक भएको छ भने बार्सिलोना २२ अंकमा दोस्रो स्थानमा छ । अर्को खेलमा रियल सोडिडाडले मार्लोकालाई १–० ले हरायो र तेस्रो स्थानमा उक्लिन सफल रह्यो ।

सोसिडाडको पनि २२ अंक भएको छ । अन्य खेलमा रियल भालाडोलिडले सेल्टा भिगोमाथि ४–१ को जित दर्ता गर्‍यो । यस्तै काडिज र रियल बेटिसले गोलरहित बराबरी खेले ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार ०६:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।