काठमाडौं । अस्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी विश्वकप क्रिकेटमा जिम्बाबेलाई हराउँदै वेस्ट इन्डिजले पहिलो जित हात पारेको छ ।
बुधबार भएको खेलमा जिम्बाबेलाई ३१ रनले हराउँदै पूर्व च्याम्पियन वेस्ट इन्डिजले अर्को चरण प्रवेशको सम्भावना कायमै राखेको छ ।
जितसँगै वेस्ट इन्डिजले २ खेलमा २ अंक जोडेको छ र समूह ‘बी’ को तेस्रो स्थानमा रहेको छ । जिम्बाबे भने २ खेलमा २ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
वेस्ट इन्डिजले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको जिम्बाबे १८.२ ओभरमा अलआउट हुँदै १ सय २२ रन मात्र बनायो ।




















प्रतिक्रिया