Logo

राजनीति

बागी उमेदवारी दिएकालाई जसपाले गर्‍याे कारबाही



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले बागी उमेदवारलाई कारबाही गरेको छ ।पार्टी निर्णय विपरीत उमेदवारी दिनेलाई निष्कासन गरिएको केन्द्रीय कार्यकारिणी समितिका सदस्य प्रकाश अधिकारीले जानकारी दिए ।

“पार्टी नीति, निर्णय विपरीत स्वतन्त्र रूपमा उमेदवारी दिने त्यस्ता उमेदवारहरूले पार्टी अनुशासन उलंघन गरी उमेदवारी कायम राखी रहेकाले उनीहरूलाई पार्टीबाट निष्कासित गरिएको छ,” अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

जसपाले नेकपा (एमाले)सँग तालमेल भएका स्थानमा संयुक्त उमेदवारलाई जिताउन र तालमेल नभएका ठाउँमा पार्टीका उमेदवारालाई जिताउन लाग्न पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार १९:५८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।