काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले बागी उमेदवारलाई कारबाही गरेको छ ।पार्टी निर्णय विपरीत उमेदवारी दिनेलाई निष्कासन गरिएको केन्द्रीय कार्यकारिणी समितिका सदस्य प्रकाश अधिकारीले जानकारी दिए ।
“पार्टी नीति, निर्णय विपरीत स्वतन्त्र रूपमा उमेदवारी दिने त्यस्ता उमेदवारहरूले पार्टी अनुशासन उलंघन गरी उमेदवारी कायम राखी रहेकाले उनीहरूलाई पार्टीबाट निष्कासित गरिएको छ,” अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
जसपाले नेकपा (एमाले)सँग तालमेल भएका स्थानमा संयुक्त उमेदवारलाई जिताउन र तालमेल नभएका ठाउँमा पार्टीका उमेदवारालाई जिताउन लाग्न पनि निर्देशन दिएको छ ।




















प्रतिक्रिया