Logo

राजनीति

आदीवासी जनजाति प्रतिनिधिहरुसँग प्रत्यक्ष कुराकानी गर्दै ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आदिवासी जनजाति प्रतिनिधिहरुसँग प्रत्यक्ष कुराकानी गर्ने भएका छन् ।

आज (शुक्रबार) राष्ट्रिय सभागृहमा दिउँसो दुई बजे आफूले आदिवासी जनजाति प्रतिनिधिहरुसँग प्रत्यक्ष कुराकानी गर्न लागेका अ‍ोलीले सामाजिक संजालमार्फत जानकारी दिएका हुन् ।

छिमेकी मुलुक भारत, हङकङ, बेलायत लगायत अन्य देशमा बसोबास गर्ने जनजाति अगुवाहरुसँग भर्चुअल माध्यमबाट कुराकानी हुने उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार १३:०१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।