काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)मा कुल पार्टी सदस्य संख्याको आधाभन्दा बढी विश्वविद्यालय वा सो भन्दा माथिको शिक्षा हासिल गर्नेहरु रहेका छन् । सीपीसीको सदस्यता लिने कुल ५१.४६ करोडमध्ये आधार भन्दा बढी अर्थान ५३.२ प्रतिशत सदस्यहरु विश्वविद्यालय वा सोभन्दा माथिको शिक्षा हासिल गर्नेहरु पाइएको हो । यसले सीपीसी संसारको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी हो हो भन्ने पुष्टि गर्नुका साथै मजबुद पनि हो भन्ने देखाउँछ ।
सीपीसीले भर्खरै (अक्टोबर १६, २०२२ मा) पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन बेइजिङमा सफलतापूर्वक आयोजना गरेका थियो । जसलाई चीनको सबैभन्दा ठूलो, महत्त्वपूर्ण र महान् राजनीतिक कार्यक्रम मानिएको छ । यस सम्मेलनमा २ हजार ५ सय बढी पत्रकारहरु सहभागी भएका थिए भने ७५० विदेशी पत्रकार थिए ।
सीपीसीको नयाँ नेताका रुपमा वर्तमान राष्ट्रपति सि जिन पिङ चयन भइसकेका छन् । व्यापक राष्ट्रिय शक्तिको द्रुत विकाससँगै विश्वमा चीनको प्रभाव झन् बढ्दै गएको छ। सन् २०१२ मा भएको चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ राष्ट्रिय महाधिवेशनपछि सी चिनफिङको मुख्य नेतृत्वमा चीनले विश्वभरको ध्यानाकर्षण भएको आश्चर्यजनक परिवर्तनहरू गरेको छ।
पछिल्लो तथ्याङ्कअनुसार चीनको जीडीपी १.६८६ ट्रिलियन डलर छ, जुन संयुक्त राज्य अमेरिका (२२.९४ ट्रिलियन डलर) को ७३.५ प्रतिशत पुग्छ, जहाँ कुनै पनि देश पहिले कहिल्यै यस्तो उचाइमा पुगेको छैन ।
चिनियाँ औसत जीडीपी ११,९०० डलर पुगेको छ। चीनको अर्थतन्त्र विश्वमा दोस्रो स्थानमा छ। चीनको अर्थतन्त्रको वृद्धिसँगै चीनको वैज्ञानिक र प्राविधिक विकास पनि अभूतपूर्व उचाइमा पुगेको छ।
चीनको बृहत् राष्ट्रिय शक्ति पनि लगातार अमेरिकाको नजिक पुगेको छ। धेरै विज्ञहरूले पनि आगामी १० वर्षमा चीनले अमेरिकालाई उछिन्ने अनुमान गरेका छन्, त्यसैले चीनको विकासले अमेरिकालाई चिन्तित बनाएको छ ।





















प्रतिक्रिया