Logo

खेलकुद

इम्पोलीमाथि युभेन्टसको सहज जित



काठमाडौं । युभेन्टसले इटालीको सिरी ‘ए’मा इम्पोलीमाथि शुक्रबार ४–० को सहज जित निकालेको छ । लय समात्न संघर्षरत युभेन्टसका लागि यो जितले ठूलो राहत दिनेछ ।

उसका लागि मोइस केनले आठौं मिनेटमा पहिलो गोल गरे । वेस्टन म्याककेनीले ५५ औं मिनेटमा दोस्रो गोल थपे । त्यसयता एडरिन राबोटले खेलको अन्त्यतिर दुई गोल थपे ।

यो जितपछि युभेन्टसको ११ खेलबाट १९ अंक भएको छ र सातौं स्थानमा रहेको छ । युभेन्टस लिग तालिकाको शीर्ष स्थानमा रहेको नेपोलीबाट अझै सात अंक टाढा रहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार ०६:५५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।