Logo

खेलकुद

मेसी र एम्बाप्पे चम्किँदा पिएसजीको सहज जित



काठमाडौं । अर्जेन्टिनी फर्वाड लियोनेल मेसी र केलियएन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजीले) लिग वानमा रेलिगेशन जोनमा रहेको एसी एजासियोलाई ३–० ले पराजित गरेको छ ।

शीर्षस्थानमा रहेको पिएसजीले एजासियोलाई उसकै मैदानमा हराएको हो । २४ मिनेटमा मेसीको पासमा एमबाप्पेले टिमका लागि पहिलो गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए ।

टिमका लागि दोस्रो गोल ७९ औँ मिनेटमा एम्बाप्पेको पासलाई मेसीले गोलरक्षकलाई विट गर्दै आकर्षक गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । त्यसको तीन मिनेट पछि नै मेसीको पासलाई एम्बाप्पेले दोस्रो तथा टिमका लागि तेस्रो गोल संभव बनाए ।

जितसँगै अपराजित रहँदै पिएसजी लिगको शीर्षस्थानमा कायम रहेको छ। उसले १२ खेलबाट ३२ अंक पुर्याएको छ । पिएसजीले १० जित र २ बराबरीको नतिजा निकालेको छ ।

पिएसजीले दोस्रो स्थानमा रहेको लोरिएन्टलाई ६ अंकले पछि पारेको छ । लोरिएन्टले एक खेल कम खेलेको छ । पराजित एजासियो ८ अंक जोडेर १८ औँ स्थानमा छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार ०८:४०   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।