Logo

राजनीति

राजा फर्काउने दिवा सपना कसैले नदेखे हुन्छ : गंगानारायण श्रेष्ठ



काठमाडौं । नेपाल समाजवादी पार्टीका नेता तथा सिन्धुली प्रदेश सभा क्षेत्र नम्बर २ को (२) मा बाम—लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार गंगानारायण श्रेष्ठले राजा फर्काउने दिवा सपना कसैले नदेखे हुने बताएका छन् । शनिबार नेपाली कांग्रेस सिन्धुली—काठमाडौं सम्पर्क समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा उम्मेदवार परिचय कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

संघीय लोकतांत्रिक गणतन्त्र स्थापनाका लागि आफु पाँच वर्ष जेल समेत बसेको भन्दै उनले भने, ‘राजा फर्काउने कसैले सोचेको छ भने त्यो उनीहरुको दिवा सपाना हुनेछ, कहिल्यै पुरा हुन्न ।’

त्यस्तै उनले केपी ओली र एमालेका कारण देश भ्रष्टाचारको दलदलमा फसेकोले यसपटक एमालेलाई पत्तासाफ गरेर गठबन्धनका उम्मेदवारलाई जिताउन समेत आग्रह गरेका छन् ।

श्रेष्ठलाई नेकपा (माओवादी केन्द्र)ले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको सिफारिसबाट नेपाल समाजवादी पार्टी(नेसपा)बाट ५ जनाको नाम समानुपातिकको बन्दसूचीमा राखेको छ । हँसिया हथौडा चुनाव चिह्न लिएर लड्ने भएकाले भट्टराईको सिफारिसमा श्रेष्ठसहित पाँच जनाको नाम सिफारिस भएको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार १७:५७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।