Logo

प्रमुख समाचार

‘माओवादीसँग अझै वैचारिक भिन्नता छ, त्यसैले अलग्गै घोषणापत्र ल्याएका हौं’



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रसँग अझै नीतिगत र वैचारिक भिन्नता रहेको बताएका छन् । माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनावमा होमिएको नेसपाले आज घोषणा पत्र सार्वजनिक गर्यो । उक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा भट्टराईले भने, ‘अहिले पनि हाम्रा कतिपय नीतिगत भिन्नता छन्, वैचारिक भिन्नताहरु पनि छन् । त्यही भएका कारणले हामीले अलग–अलग घोषणापत्र जारी गरेका हौं ।’

चुनावपछि माओवादीसँग पार्टी एकता समेत गर्ने भनेका भट्टराईले माओवादीसँग गाभिने नभई नयाँ पार्टी बनाउने शर्तमा एकता हुने बताए । ‘पार्टी एकता भोलि गएर हाम्रो लक्ष्य हो, मर्जर भन्ने अर्थमा होइन’, भट्टराईले भने, ‘चुनावपछि वृहत छलफल गरेर माओवादी र हामी मात्रै होइन, देशमा एउटा नयाँ ढंगको ध्रुवीकरणको चाहिँ आवश्यकता छ । पुरानै पार्टी, पुरानै स्वरुपमा रहँदैन भन्ने संकेत मिलेको पनि छ । र, निर्वाचनपछि त्यो परिस्थिति अझ परिपक्व भएर आउँछ ।’

  • याे पनि…

नेसपाको घोषणापत्र : संविधान संशोधनमार्फत राजनीतिक र आर्थिक रूपान्तरण (पूर्णपाठसहित)

प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार १८:२७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।