Logo

खेलकुद

टी–ट्वान्टी विश्वकप : नेदरल्याण्डस्माथि बंगलादेशको ऐतिहासिक जित



काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले पहिलो जित हात पारेको छ । सोमबार भएको खेलमा नेदरल्याण्ड्सलाई ९ रनले पराजित गर्दै सुपर १२ को पहिलो खेलमा बंगलादेश विजयी भएको हो ।

बंगलादेशले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले अन्तिम बलमा अलआउट हुँदै १ सय ३५ रन मात्र बनायो । नेदरल्यान्ड्सका लागि कोलिन एक्रिनमानले ४८ बलमा ६२ रन बनाए । पल भान मिक्रमले १४ बलमा २४ रन बनाए । कप्तान एडवार्डले १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

टस्किन अहमदले ४ ओभरमा २५ रन दिएर ४ विकेट लिए । हसन महुम्मदले २ तथा साकिब अल हसन र सौम्य सरकारले समान १/१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । बंगलादेशका लागि आफिफ होसेनले ३८ रन बनाएका थिए । नजमुल होसेन शान्तोले २५ तथा मोसाडिक होसेनले अविजित २० रन बनाएका थिए । सौम्य सरकारले १४ तथा नुरुल हसनले १३ रन बनाएका थिए ।

नेदरल्यान्ड्सका लागि बास डि लिडि र पल भान मिक्रनले समान २/२ विकेट लिएका थिए । टिम प्रिनगिल, फ्रेड केलसन, शार्जिद अहमद र लोगन भान बिकले समान १/१ विकेट लिए ।

सुपर १२ मा बंगलादेशको यो ऐतिहासिक पहिलो जित हो । जितसँगै बंगलादेश १ खेलमा २ अंकका साथ समूह दुईको र्शीष स्थानमा उक्लिएको छ । पराजित नेदरल्याण्ड्स भने १ खेलमा अंक बिहिन रहँदै चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार १४:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।