काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच दलीय गठबन्धनभित्रको एउटा घटक माओवादी केन्द्रको चुनाव चिन्हसँग नडराउन आग्रह गरेका छन् । सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्दै पौडेलले भने, ‘हँसिया हथौडा देखेर नडराउनहोस् । त्यो हँसिया हथौडामा लोकतन्त्रको गोलो घेरा लागेको छ ।’
पौडेलले एक अर्काको नभनेर गठबन्धनका उम्मेदवार जिताउन लाग्न आग्रह गरे । सत्ता गठबन्धन निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका उनले भने, ‘को कांग्रेस, को माओवादी, को समाजवादीको उम्मेदवार, को राष्ट्रिय जनमोर्चाको उम्मेदवार, को लोसपाको उम्मेदवार गठबन्धनको उम्मेदवार भनेर जिताउन लाग्नुस् ।’
पाँच दलीय गठबन्धन देशको भविष्यका लागि बनेको पौडेलको दाबी छ । मुलुकको सुशासन कायम गर्ने अनुहार पाँच दलीय गठबन्धनमा रहेका उनले बताए । व्यवस्था बदलिए पनि अवस्था नबदलिएको भन्दै उनले अब गठबन्नले अवस्था बदल्ने जिकिर गरे ।




















प्रतिक्रिया