Logo

खेलकुद

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकासँग बंगलादेश फराकिलो अन्तरले पराजित



काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गरेको छ । सिड्नीमा बिहीबार दक्षिण अफ्रिकाले बंगलादेशलाई १ सय ४ रनले हराएको हो ।

२ सय ६ रनको लक्ष्य पछ्याएको बंगलादेश १६ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा सीमित भयो । लिटोन दासले सर्वाधिक ३४ रन जोडे । दक्षिण अफ्रिकाका एन्रीच नोर्कियाले ४ तथा ताब्रेज शम्सीले ३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले रिली रस्सोले शतक मद्दतले ५ विकेट गुमाएर २ सय ५ रन जोडेको थियो । रस्सोले १ सय ९ रन बनाए भने क्विन्टन डी ककले ६३ रनको योगदान गरे । समूह २ को दक्षिण अफ्रिकाले २ खेलबाट ३ अंक जोडेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार १४:५३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।