Logo

खेलकुद

टी-२० विश्वकप : आयरल्याण्ड र अफगानिस्तानबीचको खेल रद्द



काठमाडौं । अष्ट्रेलियामा भइरहेको टी–२० विश्वकप अन्तर्गत आयरल्याण्ड र अफगानिस्तानबीचको खेल रद्द भएको छ । मेलवर्नमा लगातार पानी परेपछि सुपर १२ अन्तर्गत समूह ए मा रहेका दुई टिमबीचको खेल टससमेत नभइ दुवैले १—१ अंक बाँडेका छन् ।

तीन खेलपछि तीन अंक नै जोडेको आयरल्याण्ड समूह ए मा दोस्रो स्थानमा उक्लेको छ । समान अंक रहेको न्युजिल्याण्ड राम्रो नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ । अफगानिस्तानले ३ खेलबाट २ अंक जोडेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार १२:०६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।